८८ वटा कम्पनीको सेयर भाउ बढ्यो, आज क–कसले कमाए सर्वाधिक ?

कामाडौं । बुधवार प्योर इनर्जीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयर भाउ १० प्रतिशत प्रतिकित्ता १०९.७० रुपैयाँ बढेर १ हजार २०७.२० रुपैयाँ कायम भएको छ ।
यस्तै, जोशी हाइड्रोपावरको सेयर भाउ पनि ९.९० प्रतिशत अर्थात् प्रतिकित्तँ ४०.६२ रुपैयाँ बढेर ४५०.७३ रुपैयाँ कायम भएको छ ।
यता, युनियन हाइड्रोपावरको ९.२२ प्रतिशत वृद्धि भई ४५१.५० रुपैयाँ कायम भएको छ । साताको चौंथो कारोबार दिन ८८ वटा कम्पनीको सेयर भाउ वृद्धि भएको छ ।
आज सिंगटी हाइड्रो इनर्जी ८.०९ प्रतिशत, पञ्चकन्या माइको ८.०५ प्रतिशत, गार्डियन माइक्रो लाइफको ७.९० प्रतिशत, रसुवागढीको ७.४८ प्रतिशत वृद्धि भएको छ ।

