१५९ कम्पनीको सेयर मूल्यमा गिरावट, यी हुन् आज उच्च दरमा गुमाउनेहरु

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । आज बैंकको सेयर भाउ १० प्रतिशत अर्थात् २६७.७२ रुपैयाँ घटेको छ । योसँगै आज कम्पनीको सेयर भाउ २ हजार ४०९.९० रुपैयाँ कायम भएको छ ।
साताको चौथौं कारोबार दिन सप्तकोशी डेभलपमेन्ट, ग्रीन डेभलपमेन्ट, सामुदायिक लघुवित्त लगायत १५९ वटा कम्पनीको सेयर भाउ घटेको छ ।
