आज १२३ कम्पनीको सेयर भाउ बढ्यो, दुई कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं । दुई कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । सोमबार जोशी हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशत र पञ्चकन्या माइ हाइड्रोपावरको ९.४२ प्रतिशत बढेको हो ।
आज जोशीको सेयर भाउ प्रतिकित्ता ३४.८० रुपैयाँ बढेर ३८३.४० रुपैयाँ र पञ्चकन्याको पनि प्रतिकित्ता ३४.०१ रुपैयाँ बढेर ३९५.१४ रुपैयाँ कायम भएको छ ।
यस्तै, बरुण हाइड्रोपावरको ५.२७ प्रतिशत, पाँचथर पावरको ५.१८ प्रतिशत, राधी विद्युतको ४.८६ प्रतिशत, कालिका पावरको ४.५६ प्रतिशत, श्री इन्भेष्टमेन्टको ४.१२ प्रतिशत बढेको छ । आज यीसहित १२३ वटा कम्पनीको सेयर भाउ बढेको छ ।

