आज १०७ कम्पनीका लगानीकर्ताले कमाए

काठमाडौं । साताको तेस्रो कारोबार दिन १०७ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ ।
मंगलबार सबैभन्दा धेरैे ओम मेगाश्रीको ८.०१ प्रतिशत वृद्धि भएको छ । आज कम्पनीको सेयर भाउ प्रतिकित्ता १०२.५० रुपैयाँ बढेर १ हजार ३८१.४७ रुपैयाँ कायम भएको छ ।
यस्तै, आज हिमालयन पावरको सेयर मूल्य पनि ७.८७ प्रतिशत, खानीखोला हाइड्रोपावरको ५.९७ प्रतिशत, प्योर इनर्जी ५.८४ वृद्धि भएको छ । आज यीसहित १०७ कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

