१२० कम्पनीको सेयर भाउ बढ्यो, यी हुन् आज उच्च दरमा कमाउनेहरु

काठमाडौं । बुधवार एक सय कम्पनीका सेयर मूल्यमा बढोत्तरी देखिएको छ । साताको चौंथो कारोबार दिन १२० वटा कम्पनीका सेयर भाउ वृद्धि भएको हो ।
उक्त दिन मोदी इनर्जी लिमिटेडको मूल्य सर्किट लेभलमा वृद्धि भएको छ । आज कम्पनीको मूल्य ९.९९ प्रतिशत अर्थात् प्रतिकित्ता ३०.१२ रुपैयाँ वृद्धि भई ३३१.५० रुपैयाँ कायम भएको छ ।
यस्तै, तेह्रथुप पावरको पनि ९.७७ प्रतिशत वृद्धि भएको छ । कम्पनीको सेयर भाउ प्रतिकित्ता ३६.०१ रुपैयाँ बढेर ४०.४४ रुपैयाँ कायम भएको छ ।
उक्त दिन पञ्चकन्या माइको सेयर भाउ ७.७७ प्रतिशत, त्रिशुली जलविद्युतको ७.६२ प्रतिशत, माउनटेन हाइड्रो नेपालको ७.१४ प्रतिशत, पाँचथर पावरको ६.३५, छ्याङ्दी हाइड्रोपावरको ६.३० प्रतिशत र क्रेष्ट माइक्रो लाइफको पनि ६.१९ प्रतिशत वृद्धि भएको छ। आज यीसहित १२० वटा कम्पनी लगानीकर्ताले कमाएका छन् ।


