१८५ कम्पनीको सेयर भाउ बढ्यो, आज क–कसले कमाए सर्वाधिक ?

काठमाडौं । आइतबार पौने २ सय वटा कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन १८५ वटा कम्पनीको मूल्य वृद्धि भएको हो ।
उक्त दिन सप्तकोशी डेभलपमेन्ट बेंकको सर्वाधिक ९.९९ प्रतिशत वृद्धि भएको छ । कम्पनीको सेयर भाउ प्रतिकित्ता ९९.५२ रुपैयाँ बढेर १ हजार ९५.५० रुपैयाँ कायम भएको छ ।
यस्तै, आज विन्ध्यावासिनि हाइड्रोपावरको पनि ८.९७ प्रतिशत, माछापुच्छ्रे बैंककोको ऋणपत्रको ८.१० प्रतिशत, ग्रीन भेन्चर्सको ६.९५ प्रतिशत, त्रिशुली जलविद्युतको ५.९२ प्रतिशत, विन नेपालको ५.५७ प्रतिशत वृद्धि भएको छ ।
आज यीसहित १८५ वटा कम्पनीको सेयर भाउ वृद्धि भएको छ।


