आज करिब पाँच दर्जन कम्पनीका लगानीकर्ताले गुमाए

काठमाडौं । करिब पाँच दर्जन कम्पनीको सेयर भाउ घटेको छ । आइतबार ६३ वटा कम्पनीको मूल्यमा गिरावट आएको हो ।
साताको पहिलो कारोबार दिन जोशी हाइड्रोपावरको सर्वाधिक ५.५७ प्रतिशत घटेको छ । कम्पनीको सेयर भाउ प्रतिकित्ता १९.३१ रुपैयाँ घटेर ३२७.४७ रुपैयाँ कायम भएको छ।
यस्तै, आज युनिलिभर नेपालको ३.४९ प्रतिशत, पञ्चकन्या माईको ३.२० प्रतिशत, प्योर इनर्जीको ३.१९ प्रतिशत, बुटवल पावरको ३.०३ प्रतिशत र दोर्दी खोलाको ३ प्रतिशत घटेको छ ।
आज यीसहित ६३ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

