संस्थापक सेयर बिक्री गर्दै गरिमा विकास बैंक, सर्वसाधारण पनि आवेदन दिन सकिने « Arthapath.com
२० असार २०८२, शुक्रबार

संस्थापक सेयर बिक्री गर्दै गरिमा विकास बैंक, सर्वसाधारण पनि आवेदन दिन सकिने



काठमाडौं । गरिमा विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

बैंकले आफ्ना संस्थापक सेयरधनीहरुको नाममा रहेको ९८ हजार २८.८४ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिदका लागि जो कोही व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मिति (असार २० गते) ले १५ दिनभित्र दिनुपर्नेछ । बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई आवेदन दिनु पर्ने बैंकले जनाएको छ ।

बैंकले यसअघि विद्यमान संस्थापकहरुलाई प्राथमिकता दिएर सेयर बिक्री खुला गरेको थियो । तर, संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेपछि हाल अन्य लगानीकर्ताले पनि आवेदन दिन मिल्ने गरि बिक्रीमा ल्याएको छ ।


प्रतिक्रिया दिनुहोस्