प्रभु महालक्ष्मी लाइफको ८ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत « Arthapath.com
२२ असार २०८२, आईतबार

प्रभु महालक्ष्मी लाइफको ८ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको ८ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।

आइतबार कम्पनीले ३७ लाख ८० हजार ४८० कित्ता बोनस सेयर सूचीकृत गराएको हो । अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्