साढे ६३ अर्ब बराबरको सेयर नेप्सेमा सूचीकृत, २३ अर्ब ६३ करोडको बोनस सेयर

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत ८ अर्ब ८० करोड सेयरको चुक्ता मूल्य ८६७ अर्ब २९ करोड रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म कुल ६३ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर सूचीकृत भएका छन् ।
राष्ट्र बैंकका अनुसार ११ महिनामा २३ अर्ब ६३ करोड बराबरको बोनस सेयर सूचीकृत भएको छ ।
यस्तै, २२ अर्ब ४० करोड बराबरको साधारण सेयर, १२ अर्ब १५ करोड बराबरको हकप्रद सेयर सूचीकृत भएको हो । यता, समिक्षा अवधिमा १ अर्ब २५ करोड बराबरको म्युचुअल फण्ड, करोड २० लाख बराबरको एफपीओ र ३ अर्ब ९६ करोड बराबरको अन्य सेयर सूचीकृत भएका छन् ।