झन्डै १५ अर्बको हकप्रद सेयर र २ अर्ब ४५ करोडको आइपीओ निष्कासन गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ३९ अर्ब बढीको सेयर निष्कासनका लागि अनुमति प्रदान गरेको छ ।
चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म आइपुग्दा बोर्डले ३९ अर्ब १२ करोड रुपैयाँ बराबरको धितोपत्र सर्वाजनिक निष्कासनका लागि अनुमति दिएको हो ।
राष्ट्र बैंकका अनुसार बोर्डले १४ अर्ब ९५ करोड बराबरको हकप्रद सेयर सेयर निष्कासनको अनुमति दिएको हो ।
यस्तै, १३ अर्ब बराबरको म्युचुअल फण्ड र ८ अर्ब ४२ करोड बराबरको डिबेन्चर निष्कासनका लागि अनुमति प्रदान गरेको छ ।
यता, २ अर्ब ७५ करोड बराबरको साधारण सेयर (आइपीओ) निष्कासन गर्न अनुमति दिएको छ ।