मुनलाईट हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल « Arthapath.com
१२ कार्तिक २०८१, सोमबार

मुनलाईट हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल



काठमाडौं । मुनलाईट हाइड्रोपावर कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ ।

आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त गरेको छ ।

उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीइओ) विजय लाल श्रेष्ठ र मुनलाईट हाइड्रोपावरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनन्त कार्कीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले १०० रुपैयाँ अंकित दरमा १ अर्ब ७६ करोड १० लाख ५ हजार रुपैयाँ बराबरको १ करोड ७६ लाख १० हजार ५०० कित्ता आइपीओ निष्कासन गर्न लागेको छ ।


प्रतिक्रिया दिनुहोस्