पियोर इनर्जीको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ? « Arthapath.com
१८ जेष्ठ २०८२, आईतबार

पियोर इनर्जीको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?



काठमाडौं । पियोर इनर्जी लिमिटेडको आईपीओ सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार कम्पनीको आईपीओ सूचीकृत भएको हो ।

कम्पनीले वैदेशिक रोजगारि, कर्मचारी, लगानी कोष र सर्वसाधारणलाई बाँडफाँट गरेको १६ लाख र संस्थापकका लागि ६४ लाख सेयरसहित कुल ८० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि कम्पनीलाई ९६ रुपैयाँ ४५ पैसादेखि २८९ रुपैयाँ ३५ पैसासम्म ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ । सोही रेञ्जका आधारमा आगामी मंगलबारदेखि कारोबारमा आउनेछ ।

स्पेशल प्रि ओपन सेसनमा कम्पनीको सेयर कारोबार भएपश्चात नियमित दोस्रो बजारमा कारोबार हुनेछ । कम्पनीको नेप्से सिम्बोल पीयुआरई रहेको छ।

कम्पनीले गत चैत २८ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणका लागि ११ लाख ९५ हजार २०० कित्ता आइपीओ बिक्री गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्