दरमखोला हाइड्रो इनर्जीले साढे ३९ करोडको आइपीओ निष्कासन गर्ने, बोर्डबाट पायो अनुमति « Arthapath.com
२२ जेष्ठ २०८२, बिहीबार

दरमखोला हाइड्रो इनर्जीले साढे ३९ करोडको आइपीओ निष्कासन गर्ने, बोर्डबाट पायो अनुमति



काठमाडौ । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । साढे ३९ करोडको आइपीओ निष्कासन गरेको हो ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आइपीओ निष्कासन गर्न अनुमति दिएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरको ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्न बोर्डबाट स्वीकृति पाएको हो ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्