भोलि बाँडफाँट हुँदै सान्भि इनर्जीको आइपीओ, १८ लाख ६६ हजार बढीको हात खाली « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

भोलि बाँडफाँट हुँदै सान्भि इनर्जीको आइपीओ, १८ लाख ६६ हजार बढीको हात खाली



काठमाडौं । सान्भि इनर्जीको आइपीओ बाँडफाँटका लागि समय तय भएको छ ।

कम्पनीको आइपीओ भोलि अर्थात् जेठ २६ गते सोमबार बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्ट बैंकिङको कार्यलयमा बाँडफाँट हुने भएको छ । आइपीओ दिउँसो ३ बजे बाँडफाँट गर्ने तयारी छ ।

कम्पनीको आइपीओमा भाग भन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँट हुनेछ । कम्पनीको आइपीओमा साढे १० गुणा बढी आवेदन परेको छ । कुल २१ लाख ८ हजार २३२ जनाले २ करोड ५८ लाख ९० हजार ६२० कित्ताका लागि आवेदन दिएका छन् । तर, २ लाख ४१ हजार ५३० जनाले मात्र सेयर प्राप्त गर्नेछन् । बाँकी १८ लाख ६६ हजार ७०२ जनाको भने हात खाली हुनेछ ।

कम्पनीले जेठ ९ देखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्कासन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्