हिम स्टार ऊर्जा कम्पनीको आइपीओ : पहिलो दिनमै आठ गुणा बढी आवेदन, कति भरे ? « Arthapath.com
२४ असार २०८२, मंगलबार

हिम स्टार ऊर्जा कम्पनीको आइपीओ : पहिलो दिनमै आठ गुणा बढी आवेदन, कति भरे ?



काठमाडौं । हिम स्टार ऊर्जा कम्पनीको आइपीओमा पहिलो दिनमै आठ गुणा बढी आवेदन परेको छ ।

कम्पनीको आइपीओमा ५ लाख २० हजार २६७ जना सर्वसाधारण आवेदकले ६२ लाख ६२ हजार २५० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ८.०९ गुणा बढी हो ।

कम्पनीले आजदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन तथा बिक्री खुला गरेको हो । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो ।

कम्पनीले जारी पुँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता सेयर जारी गर्न अनुमति पाएको हो । यसमा १ लाख ८६ हजार ५०० कित्ता साधारण आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ९३ हजार २५० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

अब कर्मचारीहरुलाई १८ हजार ६५० कित्ता र सामूहिक लगानी कोषहरुका लागि ४६ हजार ६२५ कित्ता सुरक्षित गरी बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता भने सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्कासन तथा बिक्री खुला गरेको हो ।

उक्त आइपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन छिटोमा असार २७ गतेसम्म दिन सकिनेछ भने ढिलोमा साउन ६ गतेसम्म लम्बिनेछ ।

कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्