बरुण हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम मौका « Arthapath.com
३० भाद्र २०७९, बिहीबार

बरुण हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम मौका



काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम मौका रहेको छ । कम्पनीको हकप्रद सेयरमा आज अर्थात भदौ ३१ गते बैंकिङ्ग सयमसम्म आवेदन दिन सकिने छ ।

कम्पनीको भदौ ६ गतेदेखि शतप्रतिशत अर्थात् १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका २६ करोड ७९ लाख ७ हजार ५०० बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।

कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि साउन २ गते बुक क्लोज गरिएको हुदाँ साउन १ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । आवेदकले मेरो शेयर सफ्टवेयरमार्फत हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्कासन गरेको हकप्रद शेयरलाई केयर एनपी डबल बी प्लस आईएस रेटिङ दिइएको छ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्