अरुण काबेली पावरको अवितरित हकप्रद सेयर बाँडफाँट « Arthapath.com
५ मंसिर २०८०, मंगलवार

अरुण काबेली पावरको अवितरित हकप्रद सेयर बाँडफाँट



काठमाडौँ । अरुण काबेली पावर लिमिटेडले अवितरित हकप्रद सेयर बाँडफाँट गरेको छ । कम्पनीले हकप्रद निष्कासन गर्दा विक्री नभएको सर्वसाधारण समूहतर्फको २० लाख १४ हजार ८ सय १७ कित्ता शेयर लिलामीमा ल्याएको थियो ।

उक्त लिलामी शेयरको कट अफ मूल्य १४६ रुपैयाँ १० पैसा कायम भएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले जनाएको छ । १४६ रुपैयाँ १० पैसा भन्दा माथि कबुल गर्ने सबैले शेयर पाएका छन् भने १४६ रुपैयाँ १० पैसामा कबुल गर्नेलाई समानुपातिक रुपमा सापेक्षिक भार अनुसार शेयर बाँडफाँट गरिएको छ ।

कम्पनीले असोज ३० गतेदेखि कार्तिक १४ गतेसम्म शेयर लिलाम गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्