४० करोड हकप्रद सेयर बिक्री गर्न तेह्रथुम पावरलाई बोर्डको अनुमति « Arthapath.com
१९ बैशाख २०८२, शुक्रबार

४० करोड हकप्रद सेयर बिक्री गर्न तेह्रथुम पावरलाई बोर्डको अनुमति



काठमाडौं । तेह्रथुम पावर कम्पनीले हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ । कम्पनीलाई ४० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिइएको हो ।

अब कम्पनीले १ बराबर १ को अनुपातमा १ सय रुपैयाँ अंकित मूल्यकोे ४० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । बोर्डले आज अर्थात् बैशाख १९ गते कम्पनीलाई सो बराबरको हकप्रद सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको हो ।

बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्