एशियन लाइफको हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम दिन « Arthapath.com
१६ जेष्ठ २०८२, शुक्रबार

एशियन लाइफको हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम दिन



काठमाडौं । आज एशियन लाइफ इन्स्योरेन्सको हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

कम्पनीले आगामी शुक्रबार हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनका लागि बुकक्लोज गर्दैछ । त्यसका आधारमा आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन ।

कम्पनीले हाल कायम चुक्त पूँजीको ४२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्नेछ । आज प्रतिकित्ता १०० रुपैयाँको दरका एक अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले एक करोड ४२ लाख ७९ हजार ३१२ कित्ता सेयर जारी गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्