शप्रतिशत हकप्रद सेयर जारी गर्न आयोगबाट पायो सगरमाथा जलविद्युतले स्वीकृति

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।
१०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न कम्पनीलाई विद्युत नियमन आयोगले स्वीकृति दिएको छ । अब नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिनेछ । सेबोनबाट स्वीकृति पाएपछि मात्र हकप्रद सेयर जारी हुनेछ ।
कम्पनीले हाल कायम १ अर्ब १७ करोड ३२ लाख रुपैयाँ चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर बिक्री गर्न लागेको हो ।