शतप्रतिशत हकप्रद सेयर जारी गर्दै माई खोला, सेबोनसँग माग्यो अनुमति

काठमाडौं । शतप्रतिशत हकप्रद सेयर जारी गर्न माई खोला हाइड्रोपावरले अनुमति मागेको छ ।
कम्पनीले १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो । कमपनीले १ः१ अनुपातमा ३९ लाख २१ हजार ५६८ कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डमा निवेदन दिएको छ ।
प्रतिकित्ता १०० रुपैयाँको दरले उक्त हकप्रद सेयर जारी हुनेछ । माई खोलाको हकप्रद सेयरमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ रहेको छ । हकप्रद सेयर बिक्रीपश्चात कम्पनीको चुक्ता पुँजी ७८ करोड ४३ लाख ३ हजार ६०० रुपैयाँ पुग्नेछ ।