८० प्रतिशत हकप्रद सेयर ल्याउँदै सिटी होटल, सेबोनसँग माग्यो अनुमति

काठमाडौं । सिटी होटलले हकप्रद सेयर जारी गर्ने भएको छ । हकप्रद सेयर जारी गर्नका लागि होटलले नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
होटलले ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति मागेको हो ।
१ः०.८० अनुपातमा १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको छ ।
सिटी होटललको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।