हकप्रद सेयर निष्कासनका लागि पिपुल्स पावरले तोक्यो बुक क्लोज मिति, कहिलेसम्म बन्ने सेयरधनी ?

काठमाडौं । पिपुल्स पावरले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति तोकेको छ ।
कम्पनीले आफ्ना सेयरधनीहरुलाई १ः०.५ अर्थात् विद्यमान १ कित्ता सेयर बराबर नयाँ ०.५ कित्ताका दरले हकप्रद सेयर जारी गर्ने भएको छ ।
प्रतिकित्ता १०० रुपैयाँ दरका ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न कम्पनीले अनुमति पाएको छ ।
उक्त हकप्रद सेयर निष्सकान प्रयोजनका लागि कम्पनीले आगामी असार २ गते बुक क्लोज गर्ने भएको छ । त्यसका आधारमा असार १ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको हकप्रद सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।