६५ प्रतिशत हकप्रद सेयर जारी गर्दै जोशी हाइड्रोपावर, बोर्डबाट पायो अनुमति

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ६५ प्रतिशत हकप्रद सेयर निष्कासनका लागि अनुमति पाएको हो । नेपाल धितोपत्र बोर्डले सोमबार (जेठ २६ गते) हकप्रद निष्काशनको अनुमति दिएको छ ।
कम्पनी १ः०.६५ को अनुपातमा हाल कायम चुक्ता पुँजीको ६५ प्रतिशत हकप्रद निष्काशनको अनुमति छ । अब कम्पनीले २४ करोड १४ लाख १० हजार रुपैयाँको २४ लाख १४ हजार १ सय कित्ता हकप्रद सेयर जारी गर्नेछ ।
कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ ।