सवा अर्बको हकप्रद सेयर जारी गर्दै सगरमाथा जलविद्युत, सेबोनसँग माग्यो अनुमति « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

सवा अर्बको हकप्रद सेयर जारी गर्दै सगरमाथा जलविद्युत, सेबोनसँग माग्यो अनुमति



काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ ।

कम्पनीले १ अर्ब १७ करोड ३२ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले १ करोड १७ लाख ३२ हजार कित्ता हकप्रद सेयर जारी गर्न बोर्डसँग अनुमति मागेको छ । कम्पनीले गत बिहीबार (जेठ २२ गते) बोर्डमा निवेदन दिएको हो ।

कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्