असार १६ गतेदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्दै तेह्रथुम पावर « Arthapath.com
३० जेष्ठ २०८२, शुक्रबार

असार १६ गतेदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्दै तेह्रथुम पावर



काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले आगामी असार १६ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो ।

कम्पनीले १ः१ अनुपातमा ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले गत जेठ ५ गते बुक क्लोज गरिसकेको छ । त्यसका आधारमा जेठ ४ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

आवेदन आगामी साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा भने नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड छ ।


प्रतिक्रिया दिनुहोस्