छुट्ला है सन नेपाल लाइफको हकप्रद सेयर, आवेदन दिने आज अन्तिम मौका « Arthapath.com
३ असार २०८२, मंगलबार

छुट्ला है सन नेपाल लाइफको हकप्रद सेयर, आवेदन दिने आज अन्तिम मौका



काठमाडौं । आज सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयरमा आवेदन दिने अन्तिम दिन रहेको छ ।

कम्पनीले गत बैशाख ३० गतेदेखि २७ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ ।
उक्त सेयरमा आजसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।

हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले बैशाख ५ गते बुक क्लोज गरेको थियो । यस अनुसार बैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् ।

इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्