कहिलेसम्म भर्न पाइन्छ छ्याङ्दी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन ? « Arthapath.com
३ असार २०८२, मंगलबार

कहिलेसम्म भर्न पाइन्छ छ्याङ्दी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन ?



काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयरमा आगामी असार १२ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले गत जेठ २३ गतेदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले १ः१ अनुपातमा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर जारी गरेको हो ।

जसअनुसार यसले १ सय अंकित मूल्यमा ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको हो ।

यसमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ ।


प्रतिक्रिया दिनुहोस्