छुट्ला है जोशी हाइड्रोपावरको ६५ प्रतिशत हकप्रद सेयर, सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।
उक्त सेयरमा आवेदन दिनका लागि आजसम्म सेयरधनी बन्नुपर्नेछ । कम्पनीले हकप्रद सेयर बिक्री गर्न असार ८ गते बुक क्लोज गर्ने भएको हो । यसका आधारमा आजसम्म कायम रहने सेयरधनीहरुले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
कम्पनीले २४ लाख १४ हजार १०० कित्ता सेयर बिक्री गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले कुल २४ करोड १४ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ ।
कम्पनीको हालको चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ ।