जोशी हाइड्रोपावरको हकप्रद सेयरमा मूल्य समायोजन

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कम्पनीको ६५ प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको हो ।
समायोजन पश्चात यसको मूल्य ३१६.९८ रुपैयाँ कायम भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ४५८.०२ रुपैयाँलाई आधार मानेर भाउ समायोजन भएको हो ।