दिव्यश्वरी हाइड्रोपावरको साधारण सभा आज, १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश हुँदै « Arthapath.com
९ असार २०८२, सोमबार

दिव्यश्वरी हाइड्रोपावरको साधारण सभा आज, १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश हुँदै



काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज बस्दैछ ।

सभामा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश हुँदैछ । सभामा अन्य कम्पनीसँग गाभ्ने, गाभिने अथवा प्राप्तिसम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा छ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल गरी पारित गर्नेछ ।

आर्थिक वर्ष २०८१–८२ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ । सभा गर्न कम्पनीले जेठ ८ गते बुक क्लोज गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्