शतप्रतिशत हकप्रद जारी गर्न खानी खोला हाइड्रोपावरलाई बोर्डको अनुमति

काडमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले १ः१ अनुपातमा हकप्रद सेयर निष्काशनको अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्डले असार १० गते कम्पनीलाई हालको चुक्ता पूँजीको १०० प्रतिशत बराबरको हकप्रद सेयर निष्काशनको अनुमति दिएको हो ।
अब कम्पनीले ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँ बराबरको ४६ लाख ५७ हजार १ सय ४३ कित्ता हकप्रद सेयर सार्वजनिक गर्नेछ ।
कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।