मोदी इनर्जीको विशेष साधारण सभा आज, हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित हुँदै

काठमाडौं । मोदी इनर्जी लिमिटेडले विशेष साधारण सभा आज बस्दैछ ।
हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारितका लागि कम्पनीको विशेष साधारण सभा आज बस्ने भएको हो ।
कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँको १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ ।
सोही प्रस्ताव पारित गर्न कम्पनीले सभा बोलाएको छ । सभा रानी महल ब्याङन्क्वेट, ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।