थप ७०७ जनामा कोरोना पुष्टि, ६ जना संक्रमितको मृत्यु « Arthapath.com
६ असार २०८२, शुक्रबार

थप ७०७ जनामा कोरोना पुष्टि, ६ जना संक्रमितको मृत्यु



काठमाडौं । विहिबार ७ सय ७ जनामा काेराेना भाईरस देखिएकाे छ ।पछिल्लाे २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ सय २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२ महिला र ४ पुरुष गरी गत २४ घण्टामा ६ जना संक्रमितको मत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

काठमाडौं, मकवानपुर, सप्तरी र पर्सामा गरी ६ जना संक्रमितको मृत्यु भएको हो । काठमाडौंमा १ महिला, मकवानपुर र सप्तरीमा १र१ पुरुष, पर्सामा दुई पुरुष र एक महिला गरी ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ७०७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २९ हजार ६४५ जना पुगेको छ।

काठमाडौं उपतयकामा मात्र आज २०० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। काठमाडौंमा १७४, भक्तपुरमा ८ र ललितपुरमा १८ जनामा कोरोना संक्रमण देखिएको हो।

पछिल्लो २४ घण्टामा थप २६४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १७ हजार ९६४ उपचारपछि निको भएका छन् ।


प्रतिक्रिया दिनुहोस्