शुक्रबार तीज पर्व मनाइँदै, मठ मन्दिरमा पुजा पाठमा रोक « Arthapath.com
५ भाद्र २०७७, शुक्रबार

शुक्रबार तीज पर्व मनाइँदै, मठ मन्दिरमा पुजा पाठमा रोक



काठमाडौं । कोरोना भाईरसका कारण यसपालिको तीज पर्वमा विभिन्न मठ मन्दिरमा पुजा पाठमा रोक लगाईएको लछ । त्यस्तै सामुहिक रुपमा भेला हुन पनि बन्देज लगाईएको छ । पशुपतिलगायतका मन्दिरहरु बन्द गरिएका छन् ।

शुक्रबार हरितालिका तीज पर्व मनाईँदै छ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ ।

आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए ।


प्रतिक्रिया दिनुहोस्