निषेधाज्ञाको दोस्रो दिन काठमाडौंमा यस्तो देखियो (तस्विर र भिडियो सहित)

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको बुक्रबार दोस्रो दिन हो ।

उपत्यकाका तीन जिल्लामा कोरोना संक्रमितको संख्यामा बृद्धि आएसगैं निषेधाज्ञा लगाएको हो ।

भाद्र १० गतेसम्मका लागि निषेधाज्ञा लगाईएको हो । तर निषेधाज्ञा लगाउँदा जनजीवन कस्टकर बन्दै गएको छ । विहिबारदेखी स्थानिय प्रशासनले उपत्यकामा निषेधाज्ञा जारी गरेको दोस्रो दिन पनि काठमाडौं सुनसान देखिएको छ ।

अत्यावश्यकबाहेकका अन्य सबै सेवाहरु ठप्प बनेका छन् । शुक्रबार पनि विहानैदेखी अत्यआवश्यक बाहेकका कुनैपनि सवारी चलेका छैनन ।

सडकमा रहेका ट्राफिक प्रहरी र नेपाल प्रहरीले कडा निगरानी गरेको छ । निषेधाज्ञा जारी गरेको पहिलो दिनमा नै काठमाडौं सुनसान देखिएको छ ।
भिडियो हेर्नुहोस्
भिडियो तथा तस्विरःरुद्र आचार्य