चितवनमा थप १२ जनामा कोरोना पुष्टि, विराटनगरमा थप १ जनाको मृत्यु « Arthapath.com
७ असार २०८२, शनिबार

चितवनमा थप १२ जनामा कोरोना पुष्टि, विराटनगरमा थप १ जनाको मृत्यु



काठमाडौं । विराटनगर महानगरपालिका ८ का ६५ वर्षीय पुरुषको कोरोना चाईरसबाट मृत्यु भएको छ । उनको आइतबार राति कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो ।

विराटनगर महानगरपालिकाको बैजनाथपुरस्थित आइसोलेसनमा बस्दै आएका कोरोना संक्रमित उक्त पुरुषलाई श्वास प्रश्वासमा समस्या भएपछि कोभिड १९ अस्पताल लगिएकोमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनको कोरोना संक्रमणबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीँ रहेको छ ।

त्यस्तै, चितवनमा पाँच वर्षीया बालिकासहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोभिड–१९ प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा ७ जना महिला र ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको डा. नीतु अधिकारीले जानकारी दिइन् ।


प्रतिक्रिया दिनुहोस्