आइतबार थप २२ सय ५५ जनामा कोरोना, उपत्यकामा मात्रै १५ सय ९९ थपिए « Arthapath.com
१८ आश्विन २०७७, आईतवार

आइतबार थप २२ सय ५५ जनामा कोरोना, उपत्यकामा मात्रै १५ सय ९९ थपिए



काठमाडौं । आईतबार नेपालमा थप २ हजार २ सय ५३ जनामा कोरोना संक्रमण देखिएको छ ।
देशभरका प्रयोगशालामा गरिएको जाँचमा २ हजार २ सय ५३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए । यो संगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ८६ हजार ८ सय २३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमित निको हुनेको संख्या १३ सय २९ जना रहेका छन । योसंगै निको हुनेको संख्या ६४ हजार ६९ जना पुगेको छ । देशभर २२ हजार २ सय १९ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्