टेलिकमका लामिछाने सहित ६ विरुद्ध मुद्दा दायर « Arthapath.com
२९ आश्विन २०७७, बिहीबार

टेलिकमका लामिछाने सहित ६ विरुद्ध मुद्दा दायर



काठमाडौं । करिव ८७ लाख भ्रष्टाचार गर्ने टेलिकमका लामिछानेविरुद्ध मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८६ लाखभन्दा बढी रकम भ्रष्टाचार गरेको भन्दै नेपाल टेलिकम केन्द्रीय स्टोरअन्तर्गत थानकोट स्टोरमा कार्यरत वरिष्ठ सहायक रामचन्द्र लामिछानेविरुद्ध विशेष अदालतमा सो मुद्दा दायर गरेको हो ।

लामिछानेले ८६ लाख ८८ हजार १३२ रुपैयाँ सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अख्तियारलको आरोप छ ।

त्यस्तै, आजै जनकपुरधाम उपमहानगरपालिका १३ नं वडा कार्यालयका वडा अध्यक्ष शुभ नारायण मण्डल र कार्यालय सहयोगी दिलिप कुमार पञ्जियारले जनही २४ हजार घुस लिइ भ्रष्टाचार गरेको भन्दे मुद्दा दायर गरेको हो ।

त्यस्तै काभ्रेको रोशी गाउँपालिका इन्जिनियर निर्मल लामा स्याङ्तानसहित ३ जनाविरुद्ध पनि मुद्दा दायर भएको छ । अख्तियारले उनीहरुलाई ७ लाख ८४ हजार ४४६ रुपैयाँ सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपपत्र दायर गरेको छ ।


प्रतिक्रिया दिनुहोस्