लामो समयदेखि परीक्षामा पास हुन नसक्नेका लागि अन्तिम मौका, माघ ८ गते सम्म परिक्षा फारम भर्नसक्ने « Arthapath.com
१२ पुष २०७७, आईतवार

लामो समयदेखि परीक्षामा पास हुन नसक्नेका लागि अन्तिम मौका, माघ ८ गते सम्म परिक्षा फारम भर्नसक्ने



कामठाडौं । २०५३ सालदेखि त्रिविको परीक्षा पास हुन नसकेका परीक्षार्थीका लागि अन्तिम मौका परीक्षा फारम खुलेको छ । ३–४बर्षे वार्षिक प्रणालीमा दोस्रो बर्षमा अध्ययन गर्ने प्राईभेट, नियमित, आंशिक वा मौका परीक्षाको निमित्त परीक्षा फारम भर्नको लागि पर्खिरहेका विद्यार्थीले परीक्षा फारम यहि २०७७ पौष ०९ देखि माघ ०८ गते सम्म आ–आफ्नो क्याम्पस वा कलेजबाट परीक्षा फारम भर्नु त्रिविले आग्रह गरेको छ । त्यस्तै, प्राईभेट तर्फका परीक्षार्थीहरुले त्रि.वि परीक्षा नियन्त्रण कार्यालय बल्खु वा क्षेत्रीय परीक्षा नियन्त्रण कार्पयालहरुबाट परीक्षा फारम भर्न सक्नु हुने छ ।

त्रिविले निकालेको सूचना यसप्रकार छ:

३ वर्षे र ४ वर्षे स्नातक तह दोस्रो वर्षका परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदनत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खु

३ वर्षे र ४ वर्षे स्नातक तह दोस्रो वर्षका परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फारम भर्ने सूचना त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७७ सालमा सञ्चालन हुने ३ वर्षे र ४ वर्षे स्नातक तह दोस्रो वर्षको मानविकी,व्यवस्थापन,विज्ञान र शिक्षा शास्त्र संकाय र ४ वर्षे स्नातक तह  दोस्रो वर्षका परीक्षा दिने व्यावस्थापन,विज्ञान र शिक्षा शास्त्र संकायका नियमित तथा आंशिक परीक्षार्थीहरुले र प्राज्ञिक परिषद्को स्थायी समितिको मिति २०७६ साउन २३ गते बसेको बैठकको निर्णय नं. १६(३)अनुसार तीन बर्षे स्नातक तहको  समय सिमा नाघेका मौका परीक्षा दिने विद्यार्थीहरूको हकमा २०७७ सालको वार्षिक परीक्षामा एक पटकको लागि मौका परीक्षामा सहभागी गराउने निर्णय भएको हुँदा स्नातक तह तीन ,चार वर्षे  दोस्रो वर्षका स्नातक तर्फका नियमित, आंशिक र मौका परीक्षा दिने परीक्षार्थीहरूले आ—आफ्नो क्याम्पस÷कलेजमा र प्राईभेट परीक्षाथीैहरुले सोझै यस कार्यालय वा आफूलाई पायक पर्ने सम्वन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा मिति २०७७ साल पौष ०९  गते देखि २०७७ माघ ०८ गते सम्ममा र दोब्बर दस्तुर साधारण म्याद सकिएको एक हप्ता भित्र परीक्षा आवेदन फारम भरी बुझाउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । 

१) परीक्षा फाराम सम्वन्धमा :

क) परीक्षा आवेदन फारम स्वयं विद्यार्थीले भरि सबै प्रक्रिया पु¥याई आफैंले सम्बन्धित कार्यालयमा बुझाउनुपर्नेछ । यसमा अन्यथा हुन गएमा त्रि.वि.प.नि.का. जवाफदेही हुने छैन । 

ख) ३ वर्षे स्नातक तहमा २०७० सालमा भर्ना भई २०७१ मा प्रथम वर्ष प्रथम पटक परीक्षा दिएकाहरुका लागि यो अन्तिम पटकको परीक्षा हुनेछ । 

ग) क्याम्पसका तथा प्राइभेट विद्यार्थीहरुले त्रि.वि. रजिष्ट्रेशन नं. परीक्षा आवेदन फारममा अनिवार्यरुपमा उल्लेख गर्नुपर्ने छ । 

घ) परीक्षा आवेदन फारम भर्नको लागि हालसालै खिचेको (साधारण पोसाकमा) पासपोर्ट साइजको २ प्रति फोटो आवश्यक पर्नेछ । 

ङ)  परीक्षा संचालन अवधि सम्म प्रवेशपत्र प्रतिलिपि लिनु परेमा परीक्षा आवेदन फारममा प्रयोग भए अनुसारको फोटो नै पेश गर्नुपर्नेछ ।

च ) मौका परीक्षार्थीहरुको हकमा तीन वर्षे स्नातक तह र्काक्रम सांचलन भए देखिका सम्पूर्ण परीक्षार्थीहरुलाई जनाउछ ।

२) प्राइभेट परीक्षार्थीहरुले याद राख्नुपर्ने कुराहरु :

क) आफुलाइ पायक पर्ने निम्न लिखित त्रि.वि.परीक्षा नियन्त्रण कार्यालयका क्षेत्रीय कार्यालयमा पनि सम्पर्क राखी प्राइभेट परीक्षार्थीहरुले परीक्षा आवेदन फारम बुझाउन सक्नेछन् ।

क) क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, स्नाकोत्तर क्याम्पस भवन, विराटनगर ।

ख) क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय ,पृथ्वीनारायण ब. क्याम्पस भवन, पोखरा ।

ग) क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय , भृकुटीनगर, नेपालगञ्ज ।

घ) क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय , अत्तरिया, कैलाली । 

३) परीक्षा आवेदन फारम भर्ने म्याद र शुल्क सम्बन्धमा :

क) पहिलो म्याद सकिएको दुई दिन भित्र नै त्रि.वि.प.नि.का.को नाममा अनिवार्यरुपमा निर्धारित शुल्क अनुसारको रकमकोे भौचर वनाउनु पर्नेछ ।अन्यथा दोव्वर दस्तुर लाग्नेछ।

ख) काठमाण्डौ उपत्यकाका क्याम्पसहरुले त्रि.वि.प.नि.काको नामको भौचर  २ दिनभित्र परीक्षा आवेदन फारम सहित अनिवार्यरुपमा त्रि.वि.प.नि.का. बल्खुमा बुझाई सक्नुपर्नेछ,उपत्यका बाहिरका क्याम्पसहरुले उक्त म्यानेजर चेक बनाएको ४ दिनभित्र परीक्षा आवेदन फारम सहित क्षे.प.नि.का.को हकमा सम्बन्धित क्षे.प.नि.का. मा र प.नि.का क्षेत्रका उपत्यका बाहिरका क्याम्पसहरुले त्रि.वि.प.नि.का बल्खुमा बुझाई सक्नुपर्नेछ । 

ग) क्याम्पसहरुले दोब्बर दस्तुरको म्याद सकिएको भोलिपल्टनै परीक्षा शुल्कको बंैक भौचर बनाई उपत्यकाभित्रका क्याम्पसहरुले २ दिन भित्र र उपत्यका बाहिरका क्याम्पसहरुले ४ दिनभित्र उक्त दोब्बर दस्तुरको बैंक भौचर सहित अनिवार्यरुपमा सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा परीक्षा आवेदन फारम बुझाई सक्नुपर्नेछ । 

घ) परीक्षा फारमहरु बुझाउदा संम्वन्धित प.नि.का.मा बैंक भौचर सहित सर्वप्रथम लेखा शाखामा रुजु गरि फारम शाखामा बुझाउनु पर्नेछ । 

४) नियमित , प्राइभेट , आंशिक र मौका, परीक्षा दिने विद्यार्थीहरुले परीक्षा आवेदन फारम भर्दा गत वर्षको सोही खण्ड परीक्षा दिएको रोल नं. र प्रथम पटक दोस्रो वर्षको परीक्षा दिनेले पहिलो पटक प्रथम वर्ष परीक्षा दिएको रो. नं. अनिवार्यरुपमा परीक्षा आवेदन फारमको अगाडि शिरमा उल्लेख गर्नुपर्नेछ । 

५) परीक्षा शुल्क  सम्वन्धमा : 

क)क्याम्पसका नियमित तथा अांशिक परीक्षार्थीका लागि प्रति खण्ड शुल्क  रु. ४७०

ख) प्राइभेट परीक्षार्थीका लागि प्रति खण्ड शुल्क                          रु. ९००

ग) क्याम्पस र प्राइभेटका मौका परीक्षार्थीका लागि प्रति खण्ड शुल्क                रु १०००

घ) परीक्षा आवेदन फारम शुल्क                           रु. ६०

ङ ) परीक्षा केन्द्र शुल्क प्रति खण्ड                          रु. १००

च) प्रयोगात्मक परीक्षा प्रति खण्ड एक विषयका लागि शुल्क                  रु. १५०

छ) दुई वा सोभन्दा बढी विषयका लागि प्रयोगात्मक परीक्षा शुल्क                  रु. २७५

ज) फिल्ड वर्क, टर्म पेपर र प्रोजेक्ट वर्क शुल्क                          रु. २७५

६) परीक्षा शुल्क बुझाउने सम्बन्धमा :

क) काठमाण्डौ उपत्यका भित्रका क्याम्पस र प्राइभेट परीक्षार्थीहरुले त्रि.वि.कीर्तिपुर÷बल्खु परिसर भित्र रहेको ग्लोबल बैंक लिमिटेडको आम्दानी खाता नं. ०५०१०१००००५०० मा अथवा नेपाल बैंक लिमिटेड आम्दानी खाता नं. ०४५११६०००९९११०००००१० मा परीक्षा सम्बन्धी शुल्कहरु जम्मा गरी प.नि.काको म्यानेजर चेक  सहित परीक्षा फारम यस कार्यालयमा पेश गर्नुपर्ने छ । 

ख) काठमाण्डौ उपत्यका बाहिरका क्याम्पस र प्राइभेट परीक्षार्थीहरुले वल्खु स्थित नेपाल बैंक लिमिटेड अथवा ग्लोबल बैंक लि. वल्खु शाखाबाट अथवा काठमाण्डौ उपत्यका भित्रका कुनै पनि बैंकबाट भुक्तानी पाउने गरी त्रि.वि. परीक्षा नियन्त्रण कार्यालयको नाममा म्यानेजर चेक बनाई फारम साथै पेश गर्नु पर्नेछ ।

ग)  क्षे.प.नि.का.विराटनगर क्षेत्रका क्याम्पस तथा प्राइभेट परीक्षार्थीहरुले परीक्षा सम्बन्धी सम्पूर्ण शुल्क त्रि.वि.क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगर च.हि.नं. १०४००१००९२२१२००००००१ नेपाल बैंक लिमिटेड, बजारअड्डा शाखा, विराटनगरमा रकम बुझाएको भौचर परीक्षा आवेदन फारम साथै अनिवार्य रुपमा बुझाउनु पर्नेछ ।

घ) क्षे.प.नि.का.नेपालगञ्ज क्षेत्रका क्याम्पस तथा प्राइभेट परीक्षार्थीहरुले परीक्षा सम्बन्धी सम्पूर्ण शुल्क त्रि.वि.क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, नेपालगञ्ज को च.हि.नं. २१०१०१०००००७६ ग्लोबल आइ. एम. इ. बैंक लिमिटेड, त्रिभुवन चोक बाँकेमा रकम बुझाएको भौचर परीक्षा आवेदन फारम साथै अनिवार्य रुपमा बुझाउनु पर्नेछ ।

ङ) क्षे.प.नि.का.पोखरा क्षेत्रका क्याम्पस तथा प्राइभेट परीक्षार्थीहरुले परीक्षा सम्वन्धी सम्पूर्ण शूल्क त्रि.वि. क्षेत्रिय परीक्षा नियन्त्रण कार्यालय, पोखराकोे च.हि.नं. ०९१००१०११०१३४००००००१ नेपाल  बैक लिमिटेड बगर शाखा,पोखरामा रकम वुझाएको भौचर परीक्षा आवेदन फारम साथै अनिवार्य रुपमा वुझाउनु पर्ने छ ।

च) क्षे.प.नि.का.अत्तरियाको हकमा काठमाण्डौ त्रि.वि .प.नि.का.वल्खु परीसरमा रहेको ग्लोवल बैंक लिमिटेडको आम्दानी खाता नं. ०५०१०१००००५०० मा अथवा नेपाल बैड्ढ लिमिटेड आम्दानी खाता नं. ०४५११६०००९९११०००००१०मा परीक्षा सम्बन्धी शुल्कहरु जम्मा गरी त्रि.वि.प.निकाको नाममा म्यानेजर चेक सहित परीक्षा फारम यस कार्यालयमा पेश गर्नुपर्नेछ।

७) परीक्षा दिन पाउने अवधि सम्बन्धमा : 

त्रिभुवन विश्वविद्यालय कार्याकारी परिषद्बाट पारित निर्णय नं. १२३ बमोजिम ३ वर्षे शैक्षिक कार्यक्रमका विद्यार्थीहरुले पहिलो पटक परीक्षामा सम्मिलित (परीक्षा फारम भरेको) भएको वर्षबाट ७ वर्षभित्र पाठ्यक्रमले तह पूरा गर्न तोकेको सम्पूर्ण आवश्यकताहरु पूरा गरी सक्नुपर्नेछ । 
८) प्राइभेट परीक्षार्थीहरुका लागि निम्न लिखित परीक्षा केन्द्रहरु तोकिएका छन् । परीक्षा आवेदन फारम ती केन्द्रहरुबाट पनि निःशुल्क प्राप्त गर्न सकिनेछ । तर फारम सम्बन्धी सम्पूर्ण शुल्क फारम साथै यस कार्यालयमा बुझाउनुपर्नेछ 

प्राइभेट परीक्षार्थीहरुका लागि परीक्षा केन्द्रहरु :

सि.नं.परीक्षा केन्द्रपरीक्षा आवेदन फारम प्राप्त हुने स्थानसि.नं. परीक्षा केन्द्रपरीक्षा आवेदन फारम प्राप्त हुने स्थान
१.इलाममहेन्द्ररत्न ब. क्याम्पस, इलाम२.भद्रपुरमेची ब. क्याम्पस, भद्रपुर
३.धरानमहेन्द्र ब. क्याम्पस, धरान४.धनकुटाधनकुटा ब. क्याम्पस, धनकुटा
५.भोजपुरभोजपुर ब. क्याम्पस, भोजपुर६.विराटनगरम.मो.आ.ब. क्याम्पस, विराटनगर
७.राजविराजमहेन्द्र विन्देश्वरी ब. क्याम्पस, राजविराज८.जनकपुररामस्वरुप रामसागर ब. क्याम्पस, जनकपुर
९.पोखरापृथ्वीनारायण क्याम्पस, पोखरा१०.भरतपुरवीरेन्द्र ब. क्याम्पस, भरतपुर
११.पाल्पात्रिभुवन ब. क्याम्पस, पाल्पा१२.बाग्लुङ्गधवलागिरी ब. क्याम्पस, बाग्लुङ्ग
१३.नेपालगञ्जमहेन्द्र ब. क्याम्पस, नेपालगञ्ज१४.भैरहवाभैरहवा ब. क्याम्पस, भैरहवा
१५.डोटीडोटी ब. क्याम्पस, डोटी१६.दाङमहेन्द्र ब. क्याम्पस, दाङ
१७.महेन्द्रनगरसिद्धनाथ विज्ञान क्याम्पस, महेन्द्रनगर१८.काठमाण्डौपरीक्षा नियन्त्रण कार्यालय, बल्खु

९) समयावधि थप सम्बन्धमा :

२०६५ पौष १४ गते बसेको त्रि.वि सभाको बैठकबाट पारित भए बमोजिम कुनै परीक्षार्थी दृष्टिविहिन, सुस्त मनस्थिति भएका वा हात सम्बन्धी गम्भीर रोगको कारणले गर्दा हातले लेख्न नसक्ने प्रमाणित भै नियम २६७ बमोजिम सहयोगी लेखकद्वारा परीक्षा दिने भएमा आधिकारिक निकायबाट दिइएको अपाङ्गता परिचयपत्र वा चिकित्सकद्वारा प्रमाणितपत्रको आधारमा १०० पूर्णाङ्कको लागि १ घण्टा र सोभन्दा घटी पूर्णाङ्कको लागि आधा घण्टा समयावधि थप गरिनेछ ।

द्रष्टव्यः
एयर डकुमेण्ट, हुलाक वा कुरियरद्वारा पठाइएका फारमहरु यस कार्यालयले कुनैपनि हालतमा बुझ्ने छैन ।
परीक्षा नियन्त्रक


प्रतिक्रिया दिनुहोस्