प्रथम समृद्धि गोरिल्लाज बास्केटबल प्रतियोगीता सम्पन्न « Arthapath.com
२४ पुष २०७७, शुक्रबार

प्रथम समृद्धि गोरिल्लाज बास्केटबल प्रतियोगीता सम्पन्न



काठमाडौं । समृद्धि स्कुलद्वारा आयोजित प्रथम समृद्धि गोरिल्लाज ३ह३ बास्केटबल प्रतियोगीता स्कुलको बास्केटबल मैदान बालाजुमा सम्पन्न भएको छ ।दुईदिनचलेको उक्त प्रतियोगीतामा ब्वाइजतर्फ २४ र गल्र्स तर्फ १२ गरि जम्मा ३६ वटा टिमहरु सहभागी भएका थिए ।

बजाजपल्सर पिपुल्स च्वाइस एवार्डमा मनोनित हुन सफल नेपालको राष्ट्रिय महिला बास्केटबल टिम क्याप्टेन तथा समृद्धि स्कुल÷कलेजको समृद्धि गोरिल्लाज बास्केटबल टिमको पनि क्याप्टेन सदिना श्रेष्ठलाई सहयोग गर्न तथाकोरोना महामारीको दौरानमा पनि युवाहरूस्वस्थ र सकारात्मक रहनुपर्छ भन्ने सन्देश दिने उद्देश्यले यो प्रतियोगीता आयोजन गरिएको स्कुलले जनाएको छ ।

प्रतियोगीताको ब्वाइजमा बि.एम.के. “सी” टिम प्रथम भएको छ भने उप–बिजेतामा पनि बि.एम.के.कै“बी” टिम रहेको थियो ।

यस्तै गरी गल्र्समा आयोजक समृद्धि स्कुलको टिम प्रथम भएको थियो भने टिम सबिनाले दोश्रो स्थान हात पार्न सफल भएकि हुन ।

प्रतियोगीताको मोस्ट भ्यालुएबलप्लेयरको उपाधि ब्वाइजतर्पm बि.एम.के. “सी” टिमका सोनमप्रयाग शेर्पा तथा गल्र्स तर्फ समृद्धि स्कुलका प्रेडिका महर्जनले जित्न सफल भएक हुनु।

समृद्धि स्कुल, त्यहाँका प्रिन्सीपल तथा निर्देशकहरू, समृद्धि गोरिल्लाजमहिलाबास्केटबल टिमका खेलाडीहरू तथा यस प्रतियोगीताबाट उठेको रकम समेत गरी रु दुई लाख नगद उक्त अवसरमा क्याप्टेन सदिना श्रेष्ठलाई सहयोग प्रदान गरिएको स्कुलले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्