देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय « Arthapath.com
२४ असार २०८२, मंगलबार

देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय



काठमाडौं । कोरोना भाइरस (कोभिड) १९ संक्रमितको संख्या तीव्र रूपमा बढ्दै गएपछि सरकारले देशभरका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठक देशभरका सबै विद्यालय अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णय स्रोतले जनाएको छ ।

सरकारले यसअघि पनि कोरोना संक्रमण उच्च देखिएका स्थानका विद्यालयमा वैकल्पिक माध्यमबाट पठनपाठन गराउने निर्णय गरेको थियो ।हीजो बसेको सीसीएमसीको बैठकले सिफारिस गरेको आधारमा सरकारले सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, सरकारले पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएमा निषेधाज्ञा गर्न सक्ने निर्णय गरेको छ । सोही अनुसार काठमाडौैं उपत्यकामा १६ गते विहान ६ बजेबाट एक साता लकडाउन गर्ने निर्णय गरेको छ ।

त्यस्तै आजको मन्त्रिपरिषद्को बैठकले अन्तराष्ट्रिय तथा अन्तरिक हवाई उडान भने तत्काल नरोक्ने निर्णय गरेको पनि छ । अन्तराष्ट्रिय हवाई उडानबाट आएका नेपालीहरुलाई १० दिन होम क्वारेन्टिन र विदेशी नागरिकलाई होटल क्वारेन्टिनमा राखिने निर्णय भएको स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्