आगो लगाएर दार्चुलामा एकल महिलाको हत्या « Arthapath.com
२५ जेष्ठ २०७९, बुधबार

आगो लगाएर दार्चुलामा एकल महिलाको हत्या



काठमाडौं । आगो लगाएर दार्चुलामा एक महिलाको हत्या गरिएको छ । दार्चुलामा एक जना एकल महिलाको शरिरमा आगो लगाएर हत्या गरेको हो । शैल्यशिखर नगरपालिका १ बारिलकी ४० वर्षीया अनिभा खडायतको आगो लगाएर हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार घर नजिकैको खरको लुटोमा आगो लगाएर महिलाको हत्या भएको जानकारी आएको छ । घटनाको अनुसन्धानको लागि प्रहरी चौकी बलाँच, इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट टोली परिचालन गरिएको जिप्रका दार्चुलाले बताएको छ ।

डढेको अवस्थामा खडायतको शव मंगलबार राति नै फेला परेको र प्रहरीलाई खबर गरेको स्थानीयले बताएका छन् । महिलाका श्रीमानको ७–८ वर्ष पहिले निधन भएको थियो । मृतकका २ छोरी र १ छोरा रहेका छन् । अनुसन्धानको लागि प्रहरीले गाउँकै बीरेन्द्र खडायत र तुला खडायतलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्