घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
७ असार २०८३, आइतबार

घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्य घटेको छ । आज छापावाला सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९३ हजार ६ सय रुपैयाँ कायम भएको हो ।

महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य ९३ हजार १ सय रुपैयाँ तोकिएको छ । आइतबार तेजावी सुन ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन १ हजार १५० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्य कायम भएके महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्