भदौको अन्तिम दिन सस्तियो सुनचाँदीको भाउ, प्रतितोला कति घट्यो ? « Arthapath.com
७ असार २०८३, आइतबार

भदौको अन्तिम दिन सस्तियो सुनचाँदीको भाउ, प्रतितोला कति घट्यो ?



काठमाडौं । भदौ महिनको अन्तिम कारोबार दिन सुनको मूल्यमा भारी गिरावट आएको छ ।

शुक्रबार नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले घटेको हो । अघिल्लो दिन ९२ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भएको सुन आज घटेर ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने ९१ हजार रुपैयाँ तोकिएको छ । तेजावी सुन बिहीबार ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, साताको अन्तिम कारोबार दिन चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार १७० रुपैयाँ तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस्