फेरि महंगियो सुनको भाउ, चाँदीको कति ? « Arthapath.com
१४ आश्विन २०७९, शुक्रबार

फेरि महंगियो सुनको भाउ, चाँदीको कति ?



काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको महंगिएको छ । शुक्रबार छापावाला सुनको भाउ तोलामा २ सय रुपैयाँले वृद्धि भएको हो ।

अघिल्लो दिन अर्थात बिहीबार ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ९३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ । तेजावी सुन बिहीबार ९२ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै, उक्त दिन चाँदीको भाउ भने स्थिर रहेको छ । हिजो १ हजार १७० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्य कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्