साताको पहिलो कारोबार दिन: सस्तियो सुनचाँदीको भाउ, प्रतितोला कति घट्यो ? « Arthapath.com
७ असार २०८३, आइतबार

साताको पहिलो कारोबार दिन: सस्तियो सुनचाँदीको भाउ, प्रतितोला कति घट्यो ?



काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ सस्तिएको छ । आइतबार नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको हो ।

अघिल्लो दिन अर्थात शुक्रबार ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९१ हजार १ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भने ९२ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।
यस्तै, उक्त दिन चाँदीको मूल्यमा पनि गिरावट आएको छ ।

आज चाँदी तोलामा २५ रुपैयाँले घटेर १ हजार १६० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन भने चाँदी १ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्