बढ्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
१९ मंसिर २०७९, सोमबार

बढ्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सोमबार सुनको मूल्य वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन छापावाला सुनको भाउ तोलामा ४ सय रुपैयाँले वृद्धि भएको हो ।

नेपाली बजारमा आइतबार ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ९९ हजार ९ सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने ९९ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, उक्त दिन चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर १ हजार ३८५ रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्