ईजरायल पठाईदिन्छु भन्दै ३१ लाख ठगी गर्ने बर्दियाका सुनिल यादव पक्राउ « Arthapath.com
२९ चैत्र २०७९, बुधबार

ईजरायल पठाईदिन्छु भन्दै ३१ लाख ठगी गर्ने बर्दियाका सुनिल यादव पक्राउ



काठमाडौं । जिटुजी सम्झौतामार्फत ईजरायल पठाईदिन्छु भन्दै रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जना ब्यक्ति पक्राउ गरेको छ ।

बर्दिया गुलरिया नगरपालिका ३ खैरापुर टोल घर भई काठमाडौं महानगरपालिका २ लाजिम्पाट बस्ने २६ वर्षीय सुनिल कुमार यादवलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

वैदेशिक रोजगारीको लागि नेपाल सरकार र ईजरायलबीच हुने जिटुजी सम्झौतामार्फत् सरकारी कोटामा ईजरायल पठाइदिने र त्यहाँ पुगेपछि कृषि कम्पनीमा काम लगाइदिने प्रलोभनमा पारी २ जना पीडितहरुबाट पटकपटक गरी ३१ लाख रुपैयाँ रकम ठगी गरेको हो ।

उनलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं लाजिम्पाटबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि उक्त विभागमा पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस्